आइतबार सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर तोलाको १ लाख ५७ हजार १ सय रुपैयाँमा किनबेच हुँदैछ।
शुक्रबार सुनको मूल्य तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर तोलाको १ हजार ८६० रुपैयाँमा किनबेच भइरहेको छ।