सुनचाँदी बजारमा उछालः तोलामा ५ हजार ६ सय बढ्यो सुनको मूल्य

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १० गते
सुनचाँदी बजारमा उछालः तोलामा ५ हजार ६ सय बढ्यो सुनको मूल्य

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। शुक्रबार स्थिर रहेको सुनको भाउ एकैदिन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार भने यही सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ४ सय २५ रुपैयाँमा पुगेको छ। यसअनुसार चाँदी प्रतितोला ३ सय ७५ रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उकालो लागेको छ। आज सुन प्रतिऔंस ५ हजार १ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Copy of Copy of GOLD SILVER 18 https://bajarkochirfar.com/gold-and-silver-market-surges-gold-price-increases-by-5600-rupees-per-tola | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स