ट्रम्पको अभिव्यक्तिप्रति रिसाए गोकुल बास्कोटा, भने “हेप्नुको पनि सीमा हुन्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ११ गते
ट्रम्पको अभिव्यक्तिप्रति रिसाए गोकुल बास्कोटा, भने “हेप्नुको पनि सीमा हुन्छ”

नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। आइतबार (फागुन ११) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यूएसएडमार्फत भएको खर्चलाई ‘फ्रड’ भनिएको विषयले नेपालको छविमा गम्भीर असर पारेको बताए।

“हेप्नुको पनि सीमा हुन्छ” भन्दै बास्कोटाले नेपालले विदेशी सहायता स्वीकार गरे पनि त्यसलाई ‘फ्रड’ भन्नु अपमानजनक भएको बताए। उनले भने, “अमेरिकाले नेपाललाई लामो समयदेखि विभिन्न एजेन्सीमार्फत सहयोग गर्दै आएको छ, हामीले त्यो स्वीकार गर्‍यौँ। तर आज हामीलाई ठगको संज्ञा दिइयो। यो हाम्रो राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय छविमाथि आँच लागेको छ । गहिरो चोट लागेको छ ।”

बास्कोटाले विदेशी सहयोगको पारदर्शिता र लेखा परीक्षण आवश्यक रहेको बताउँदै प्रश्न गरे, “हामीले फ्रड गरेका हौं कि तिनैले गरेका हुन्? अनुगमन कसले गर्ने?” उनले नेपालले अब सहायता प्राप्तिको नीति स्पष्ट पार्नुपर्नेमा जोड दिँदै “जे पायो त्यही स्वीकार गर्ने” प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

बास्कोटाले विदेशी सहायता तथा वैदेशिक सम्बन्धबारे राष्ट्रिय नीति निर्माण गर्न ढिलाइ भइसकेको भन्दै सरकारलाई तत्काल पहल गर्न सुझाव दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स