नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटलाई लिएर कटाक्ष गरेका छन्।
गृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग गर्दै सदन अवरुद्ध गरिरहेको रास्वपा एकातिर कडा विरोध गर्दै आए पनि अर्कोतर्फ कांग्रेसको शरणमा गएको भन्दै बास्कोटाले व्यंग्य गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा बास्कोटाले लेखेका छन्, “भिजिट भिषामा संसदमा पलेंटी कसेर दिन दिनै तमासा देखाउनेहरु रातभरी काँग्रेस नेताका पिंडीमा देऊन मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउदै किन धाएका होलान। यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमानौ है।”
उनले उक्त भेटलाई नेपाली राजनीतिमा नयाँ ट्वीस्टका रूपमा उल्लेख गर्दै, यस्ता घटनालाई अब आठौँ आश्चर्य ठान्न नपर्ने सुझावसमेत दिएका छन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया