प्रतिनिधि सभा बैठकमा गोकुल बास्कोटाले भने, “चार प्रधानमन्त्री र मन्त्री फेरीसक्दा पनि चार किलोमिटर सडक बनिसकेन”
नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्डको सडक निर्माणमा ढिलाइको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा उनले, चार प्रधानमन्त्री र मन्त्री फेरिए पनि चार किलोमिटर सडकको निर्माण अझै पूरा नगरेको बताउँदै सरकारको ध्यान आकर्षित गरे।
उनले यसबारे आक्रोशित जनताको प्रतिक्रिया प्रस्तुत गर्दै, यदि अब पनि सडक निर्माण नगरे सरकारको भौतिक पूर्वाधार र यातायात मन्त्रीको स्थिति खतरामा पर्ने चेतावनी दिए।