जेन-जी आन्दोलन : बिमा दाबी ३५ अर्ब आसपास, निर्जीवन बिमा कम्पनीहरुको भागमा कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३० गते
जेन-जी आन्दोलन : बिमा दाबी ३५ अर्ब आसपास, निर्जीवन बिमा कम्पनीहरुको भागमा कति ?

जेन जी आन्दोलनमा भएको क्षतिका कारण निर्जीवन बिमा कम्पनीहरुलाई १० अर्ब रुपैयाँ आसपासको दायित्व सिर्जना हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। बिमा कम्पनीहरुमा दाबी पर्ने क्रम जारी छ। भाटभटेनी सुपरमार्केट, सीजी इलेक्ट्रोनिक्स, हिल्टन होटेल, एनसेल, युलेन्स स्कुल, सेन्ट्रल बिजनेस पार्क जस्ता उच्च क्षति भएका संरचनाहरुको क्षतिको आंकलन पश्चात ३० देखि ३५ अर्बको दाबी पर्नसक्ने देखिएको नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बजारको चिरफारलाई बताए। बुधबार सम्ममा लगभग आंकडा आईसक्ने उनको भनाई छ। यसअघि ५० अर्ब भन्दा माथिको दाबी पर्नसक्ने अनुमान गरिए तापनि ३५ अर्बभन्दा माथि जाने सम्भावना कमै देखिएको हो।

क्षेत्रीका अनुसार रि – इन्स्योरेन्स गरिएको हुने हुँदा बिमा कम्पनीले व्यहोर्नुपर्ने दायित्व दाबीको ३५ प्रतिशत हाराहारी हुन आउँछ। त्यसैले ३० देखि ३५ अर्बको दाबी पर्दा बिमा कम्पनीहरुको भागमा १० अर्ब जतिको दायित्व पर्न आउँछ भन्ने आँकलन गरिएको हो। बाँकी दायित्व पुनर्बिमा कम्पनीको भागमा पर्नेछ।

पुनर्बिमा कम्पनीले पनि बिमा गराएका हुन्छन। बिमा कम्पनीहरुसँग कुराकानीकै क्रममा रहेको र कम्पनीहरुले दाबीको विवरण पठाएपछि मात्रै पुनर्बिमा कम्पनीहरुले व्यहोर्नुपर्ने दायित्व कति हुन्छ भन्ने आँकलन गर्न सकिने नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमूख कार्यकारी अधिकृत सुरेन्द्र थापाले बताए। त्यसका लागि अझै केहि दिन लाग्नसक्ने उनको भनाई छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स