नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अहिले नेपाललाई सुधारको आवश्यकता रहेको र सुधारको ग्यारेन्टी लिएर आफूहरू अगाडि उभिएको बताएका छन्। बुधवार राजधानीमा आयोजित कार्यक्रममा उनले आगामी पाँच वर्ष खेर नफाल्ने दृष्टि र स्पष्ट योजनासहित जनता सामु आएको बताए। सभापति थापाले नागरिक, विशेष गरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताए र त्यसलाई सम्बोधन गर्न सुधार अपरिहार्य भएको बताए।
उनका अनुसार विगत १०–१२ वर्षमा अपेक्षित विकास हुन सकेन, तर अबका पाँच वर्ष खेर नजाने प्रतिबद्धताका साथ काम गर्ने उनले जनाए। देश निर्माणमा सबै राजनीतिक दलको सहभागिता र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए। साथै, आगामी निर्वाचनमा पपुलिस्ट शक्तिहरू सत्तामा आए त्यसको भार देशले सहन नसक्ने र अहिलेको प्रमुख चुनौती देशलाई पपुलिजमबाट जोगाउनु रहेको उनले बताए। सभापति थापाले बौद्धिक व्यक्तित्व र पेशाकर्मीहरूलाई पपुलिजमको विरुद्धमा आवाज उठाउन आग्रहसमेत गरेका छन्।

















प्रतिकृया