नेपालको पहिलो लघु बीमा कम्पनी गार्डियन माइक्रो लाइफले आगामी पुस २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई आइपीओ जारी गरी बाँडफाँट गरेपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ खुला गर्न लागेको हो।
कम्पनीले ६७,५०० कित्ता (३%) आफ्ना कर्मचारीहरूका लागि, १,१२,५०० कित्ता (५%) सामूहिक लगानी कोषका लागि र बाँकी १८,४५,००० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। यसमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। तर, उक्त अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन प्रक्रिया माघ १० गतेसम्म लम्बिनेछ।
न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदकले कुमारी क्यापिटल, सी–आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था, र सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीमार्फत आइपीओ भर्न सक्नेछन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया