आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै कामना सेवा विकास बैंकको सेयर किन्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २ गते
AdvertisementAds
आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै कामना सेवा विकास बैंकको सेयर किन्न पाउने
AdvertisementAds

कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले उक्त सेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण ४० हजार कित्ताका लागि एकैचोटि आवेदन दिनुपर्नेछ, जसअनुसार न्यूनतम ४० लाख रुपैयाँ आवश्यक पर्छ।

बोलपत्र आज साउन २ गतेदेखि साउन ९ गतेभित्र प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौंस्थित कार्यालयमा पेश गर्न सकिनेछ। बोलपत्र फाराम सोही कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बोलपत्रहरू साउन ११ गते बिहान ११ बजे खोलिनेछन्। यस लिलामीमा बैंकका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स