instainsta

अबदेखि ३५ वर्ष मुनिकालाई मात्रै ‘युवा’ मानिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १२ गते
अबदेखि ३५ वर्ष मुनिकालाई मात्रै ‘युवा’ मानिने
AdvertisementAds

सरकारले ‘राष्ट्रिय युवा नीति २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर अब १८ देखि ३५ वर्षसम्म कायम हुने भएको छ। नयाँ नीतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार नेपालमा १८–३५ वर्ष उमेर समूहका व्यक्तिलाई युवा मान्ने व्यवस्था गरेको छ।

यसअघि ‘राष्ट्रिय युवा नीति २०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो। २०७८ सालको जनगणना अनुसार नेपालमा १६–४० वर्षको जनसंख्या ४२.५६ प्रतिशत रहेको थियो। नयाँ नीति अनुसार युवाको वास्तविक जनसंख्या निर्धारण गर्न आग्रह गरिएको छ।

बालबालिकासम्बन्धी ऐनअनुसार बालबालिकाको उमेर १८ वर्षसम्म मानिने भएकाले १८–३५ वर्ष उमेर समूहलाई युवामा राखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स