जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित करिब २ लाख कित्ता सेयर सर्वसाधारणलाई किन्न पाउने गरी लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म हकप्रद सेयर बाँडफाँड गर्दा बाँकी रहेका १ लाख ८९ हजार ९२७ कित्ता सेयर बिक्रीमा उपलब्ध गराएको हो।
सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता र बढीमा १० अंकले भाग जाने जुनसुकै संख्या वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।
बोलपत्र असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेभित्र पेश गर्न सकिनेछ। बोलपत्र फाराम कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा उपलब्ध हुनेछ।
त्यसैगरी, लक्ष्मी सनराइज बैंकका विराटनगर–हनुमानदास सडक, वीरगन्ज–आदर्शनगर, हेटौंडा, पोखरा–न्युरोड, बुटवल–मिलनचोक, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–लक्ष्मी नारायण चोक शाखाहरूमा पनि बोलपत्र फाराम लिन सकिने व्यवस्था गरिएको छ।



















प्रतिकृया