४६ लाखबाट २ अर्ब! किन ४५ हजार प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा ?

४६ लाखबाट २ अर्ब! किन ४५ हजार प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा ?

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ४५ हजार ८३१ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६ अर्ब ८४ करोड रुपैयाँ बाट घटेर २ अर्ब ८० करोड रुपैयाँमा सिमित भएको छ देखिएको छ। इम्पेयरमेन्ट चार्ज उल्लेख्य रुपमा घटेको कारण नाफामा उल्लेख्य वृद्धि देखिएको हो।

चौथो त्रैमाससम्ममा कुमारी बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी १०.९८ प्रतिशतले बढेर १५ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ। यता, इम्पेयरमेन्ट चार्ज ६ अर्ब ८४ करोड रुपैयाँबाट घटेर २ अर्ब ८० करोड रुपैयाँमा आएको छ।

बैंकको खराब कर्जा अनुपात ०.४६ प्रतिशतबिन्दुले बढेर ६.४२ प्रतिशतमा पुगेको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ६४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक  र जगेडा कोषमा १३ अर्ब ८६ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५ पैसा बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

KBL https://bajarkochirfar.com/from-4-6-million-to-2-billion-why-did-kumari-banks-profit-increase-by-45000-percent | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स