चार निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?



Advertisement
Ads

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। आज एक सूचना प्रकाशित गर्दै कार्यालयले तीन कम्पनीलाई डेढ वर्षका लागि र एक कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो।

कालोसूचीमा परेका कम्पनीहरूमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति रहेको बिल्ड ब्रदर्श कन्स्ट्रक्सन प्रालि (गोङ्गबु), सहदेव गौतम मुख्य व्यक्ति रहेको एसएम कन्स्ट्रक्सन (मकवानपुर), सुकूँ रानामगर मुख्य व्यक्ति रहेको राना फर्निचर सःमलि उद्योग (मध्यनेपाल, लमजुङ), र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति रहेको गौरीगोमा निर्माण सेवा (शारदा नगरपालिका, सल्यान) रहेका छन्।


Advertisement

तीमध्ये गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि र बाँकी तीनवटै कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको हो।

download https://bajarkochirfar.com/four-construction-companies-have-been-blacklisted-for-how-long-will-they-not-be-allowed-to-do-what-2 | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर