चार निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

चार निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। एस.डी. कन्स्ट्रक्सन (जनकपुर), अरनिको निर्माण कम्पनी (काठमाडौं), मनकामना सप्लायर्स (भोजपुर), र आर.एस.ए. कन्स्ट्रक्सन (काठमाडौं) कालोसूचीमा परेका हुन्।

ओम प्रकाश श्रेष्ठ प्रमुख रहेको अरनिको निर्माण सेवा तीन वर्षका लागि कालोसूचीमा परेको छ। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सालझुण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना (अर्घाखाँची) को सिफारिसमा यो निर्णय गरिएको हो।

रामशरण अधिकारी प्रमुख रहेको आर.एस.ए. कन्स्ट्रक्सन डेढ वर्षका लागि कालोसूचीमा परेको छ। यसलाई नुवाकोटको पञ्चकन्या गाउँपालिकाको सिफारिसमा कालोसूचीमा राखिएको हो।

एस.डी. कन्स्ट्रक्सन (जनकपुर) एक वर्षका लागि कालोसूचीमा परेको छ। यसको सिफारिस जिल्ला समन्वय समिति, बारा ले गरेको हो। यस कम्पनीका प्रमुख निरज कुमार मिश्र हुन्।
त्यस्तै, मनकामना सप्लायर्स (भोजपुर) पनि एक वर्षका लागि कालोसूचीमा परेको छ। यसको सिफारिस भोजपुरको पौवादुङ्मा गाउँपालिका ले गरेको हो। यस कम्पनीकी प्रमुख गोमा श्रेष्ठ हुन्।

कालोसूचीमा परेपछि के हुन्छ?

निर्माणकार्यको जिम्मा लिने तर काम सन्तोषजनक रूपमा सम्पन्न नगर्ने कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रावधान छ। कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउँदैनन्।

Black List Notice https://bajarkochirfar.com/four-construction-companies-have-been-blacklisted-for-how-long-will-they-not-be-allowed-to-do-what | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स