पूर्वसभामुख सापकोटाको प्रश्न, “यति ढिला भयो संसद् बोलाउने कुरा भएको छैन के कारणले नबोलाइएको हो ?”



Advertisement
Ads

पूर्वसभामुख र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरेकोप्रति आपत्ति जनाएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मंसिर २८ सम्म संसद् सुचारु हुने परिप्रेक्ष्यमा आफू सभामुख हुँदा र अरू समयमा पनि यसरी अधिवेशन आह्वान गरिएको उल्लेख गरे।


Advertisement

“म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद् सञ्चालनमा थियो। यति ढिला संसद् बोलाउने कुरा भएको छैन। के कारणले संसद् नबोलाइएको हो? जनसाधारणलाई समेत यो कुरामा खुल्दुली छ,” उनले भने।


Advertisement

सापकोटाले संसद् कुनै पनि देशको महत्त्वपूर्ण संस्था भएको र यसले सुशासन र अन्य महत्वपूर्ण विषयहरूको सन्देश प्रवाह गर्ने बताएका छन्। उनले संसदबाट राष्ट्रपतिको, उपराष्ट्रपतिको, प्रधानमन्त्रीको, प्रधानन्यायाधीशको र सभामुखको चयन हुने भएकाले यसलाई अवरुद्ध नगर्नुपर्नेमा जोड दिए।

“संसद् महत्त्वपूर्ण संस्था हो। यसबाट शक्तिशाली सुशासनको सन्देश जान्छ। हामीले के त्यस्तो सन्देश दिन सकेका छौँ? संसदबाट राष्ट्रपतिको, उपराष्ट्रपतिको, प्रधानमन्त्रीको, प्रधानन्यायाधीशको र सभामुखको जन्म हुन्छ। त्यस्तो संस्थालाई त्यत्तिकै राख्न हुँदैन,” उनले भने।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर