राजनीतिमा फर्किएसँगै पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १६ गते
राजनीतिमा फर्किएसँगै पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै आफूले पाउँदै आएको सबै सरकारी सेवा सुविधा फिर्ता गर्ने तयारी गरेकी छन्। शीतल निवास छाडेपछि तलब र निवास खर्च नलिएको भण्डारीले अब बाँकी सुविधा पनि साउन १ देखि लागू हुने गरी औपचारिक रूपमा फिर्ता गर्न गृह मन्त्रालयलाई पत्र पठाउने भएकी हुन्।

हाल सरकारले उनलाई दुई जना स्वकीय सचिवको तलब, सुरक्षाकर्मीको घरभाडा र इन्धन खर्च दिँदै आएको छ। पार्टी सदस्यता नवीकरण गरेर १० वर्षपछि राजनीतिमा फर्किएकी भण्डारीले ‘सस्तो प्रचार’ नगरी चुपचाप पत्रमार्फत सुविधा फिर्ता गर्ने निर्णय लिएको स्रोतको भनाइ छ। गृह मन्त्रालयका अनुसार सुरक्षाकर्मीको व्यवस्था भने प्रोटोकलअनुसार कायमै रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स