पूर्वराष्ट्रपति भण्डारीले आजैबाट त्यागिन् सरकारी सेवासुविधा

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १८ गते
पूर्वराष्ट्रपति भण्डारीले आजैबाट त्यागिन् सरकारी सेवासुविधा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट सुरक्षाकर्मी बाहेकका सबै राज्य सेवा सुविधा त्याग्ने निर्णय गरेकी छन्। नेकपा एमालेमा पुनः सक्रिय हुने औपचारिक घोषणा गरेपछि उनले गृह मन्त्रालयमा सेवा सुविधा फिर्ता गर्ने पत्र दर्ता गराएकी हुन्।

गृह मन्त्रालयका अनुसार, बुधबार भण्डारीको सचिवालयबाट आएको पत्र मन्त्रालयमा दर्ता भई सम्बन्धित शाखामा पठाइएको छ। उनले सचिवालयमा कार्यरत सरकारतर्फका एक उपसचिव, एक शाखा अधिकृत र एक कार्यालय सहायक समेत फिर्ता गर्न पत्राचार गरेकी छिन्।

यद्यपि, गृह मन्त्रालयले पूर्वराष्ट्र प्रमुखको हैसियतले पाउने सुरक्षा प्रोटोकल कानुन अनुसार हटाउन नपाइने जनाएको छ। उनलाई दिइएको घर, सुरक्षाकर्मी सुविधा र मासिक २०७ लिटर पेट्रोलको व्यवस्था जारी रहनेछ। गृह मन्त्रालयका अनुसार सुरक्षाकर्मीको बसाइका लागि भाडामा लिइएको घरको भाडा राज्यले तिर्दै आएको छ।

विद्यादेवी भण्डारीले १४ असारमा एमालेमा पुनः सक्रिय हुने घोषणा गर्दै पार्टी सदस्यता नवीकरण गरेकी थिइन् र आगामी दिनमा पार्टी नेतृत्वको बहसमा समेत सक्रिय हुने संकेत दिएकी छन्। उनीले आज गृह मन्त्रालयमा सुरक्षाबाहेक सबै सेवा सुविधा त्यागेको पत्र दर्ता गराएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स