परराष्ट्रमन्त्री आरजु राणा देउवा आगामी शुक्रबारदेखि दुई साता लामो विदेश यात्रामा जाँदैछिन्। उनी संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा भाग लिन इटलीको रोम जाँदैछिन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले असार १३ देखि २९ गतेसम्मको भ्रमण स्वीकृत गरेको हो।
एफएओ सम्मेलन असार १४ देखि २० गतेसम्म चल्नेछ, जसको मुख्य सत्रलाई मन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा राणाको भ्रमणबारे जानकारी दिइएको छ।
उनको टोलीमा परराष्ट्र तथा कृषि मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्। सम्मेलनपछि मन्त्री राणा इटली र जर्मनीमा लगानी बोर्डले आयोजना गर्ने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछिन्। उनी असार २९ मा स्वदेश फर्किने तय भएको छ।
















प्रतिकृया