बन्दी बनाइएका विपिनको रिहाइका लागि परराष्ट्र मन्त्री आरजुले कतारसँग सहयोग मागिन्

बन्दी बनाइएका विपिनको रिहाइका लागि परराष्ट्र मन्त्री आरजुले कतारसँग सहयोग मागिन्
AdvertisementAds

हमास र इजरायलबीच युद्धविरामको चर्चा चलिरहेको बेला परराष्ट्र मन्त्री डा. आरजु राणाले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहललाई तीव्र बनाएकी छन्।

मंगलबार बिहान मन्त्री देउवाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल-खुलाइफीसँग फोन वार्ता गरिन्। खुलाइफी हमास र इजरायलबीच शान्तिवार्ताका प्रमुख मध्यस्थकर्ता हुन्। वार्ताका क्रममा मन्त्री देउवाले हमासले केही बन्दीहरूलाई रिहा गर्न लागेकोमा खुसी व्यक्त गर्दै नेपाली विद्यार्थी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिन्।

खुलाइफीले युद्धविराम प्रक्रिया सकारात्मक रूपमा अघि बढिरहेको र युद्ध बन्दी रिहाइको विषय पनि प्राथमिकतामा रहेको जानकारी दिए। उनले विपिनको रिहाइलाई पहिलो चरणमै सम्भव बनाउन प्रयास भइरहेको र त्यो सम्भव नभए बाँकीको रिहाइका क्रममा जोडिने आश्वासन दिए।

यसअघि मन्त्री देउवाले इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गर्न आग्रह गरेकी थिइन्। इजिप्टले पनि युद्धविरामका लागि महत्वपूर्ण पहल गरिरहेको छ।

परराष्ट्र मन्त्री देउवाले गत हप्ता नेपालका लागि इजरायली राजदूत समुलिक एरी बाससँग भेटेर विपिनको रिहाइलाई इजरायल सरकारको प्राथमिकतामा राखिदिन आग्रह गरेकी थिइन्।

कतार, इजिप्ट, र इजरायल सरकारसँगको सहकार्यले विपिनको शीघ्र रिहाइको सम्भावना प्रबल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स