तातोपानी भन्सार नाकाबाट पहिलोपटक चीनबाट हेलिकोप्टर आयात गरिएको छ । माउन्टेन हेलिकोप्टर प्रालिले फ्रान्सको एयरबस कम्पनीमा बनेको हेलिकोप्टर चीनको तातोपानी नाकाबाट ४० फिटे कन्टेनरमा राखेर नेपाल ल्याएको हो । अहिले हेलिकोप्टरको भन्सार जाँचपास प्रक्रिया चलिरहेको छ, जसमा करिब चार करोड १२ लाख रुपैयाँ राजस्व संकलन हुने बताइएको छ।
कम्पनीले टिमुरेको साँघुरो बाटोको सट्टा तातोपानी नाका छानेको हो, जसबाट हेलिकोप्टर ८–१० दिनमै नेपाल आइपुग्यो । यसअघि कम्पनीले हेलिकोप्टर कलकत्ता बन्दरगाह हुँदै वीरगञ्जबाट ल्याउँथ्यो ।
माउन्टेन हेलिकोप्टर प्रालिसँग यो हेलिकोप्टरसहित तीनवटा हेलिकोप्टर हुनेछन् र नयाँ हेलिकोप्टर जाँचपास भएपछि माउन्टेन फ्लाइटमा प्रयोग गरिने छ ।

















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया