ताप्लेजुङमा तीन सातापछि पुनः हवाई उडान सुरु भएको छ। खराब मौसमका कारण जेठ ३० गतेदेखि यहाँका उडान ठप्प थिए।
आज नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट चार यात्रु लिएर आएको थियो भने ताप्लेजुङबाट पाँच यात्रु काठमाडौं प्रस्थान गरेका छन् । असार महिनामा भने ६ वटा उडान मौसमका कारण प्रभावित भएका थिए ।
हाल सोमबार र शुक्रबार हरेक हप्ता दुई दिन मात्र काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडानको तालिका छ। ताप्लेजुङदेखि काठमाडौंसम्मको हवाई भाडा प्रति व्यक्ति रु ९,२०० निर्धारण गरिएको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया