अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग छलफल गर्दैछन्।
बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका तथा वर्तमान वित्तीय बजारको अवस्थाबारे जानकारी लिन अर्थमन्त्रीले सिइओहरूलाई छलफलका लागि बोलाएका हुन्।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत गरेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ।




















प्रतिकृया