अर्थमन्त्री विष्णु पौडेलले नेपालका बैंक र अर्थतन्त्र डुब्ने चिन्ता नहुने स्पष्ट पारेका छन्। पत्रकार सम्मेलनमा उनले भने, “बैंकहरू डुबेका छैनन्, अर्थतन्त्र पनि डुबेका छैन, हामी छौं र डुब्न दिन्नौं।” उनले यस विषयमा फैलिएका हल्लाहरूसमेत नकार्दै सबैलाई विश्वास दिलाउन चाहेका छन्।
पौडेलका अनुसार अर्थतन्त्र र बैंकिङ क्षेत्रको सुधारका लागि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक निरन्तर समन्वय गरिरहेको छ। उनले बैंक डुब्ने भन्ने भनाइलाई केवल हल्ला मात्र बताउँदै, समस्याको समाधान खोज्ने काम भइरहेको बताए।
अर्थमन्त्रीले पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् र दिगो तथा गुणस्तरीय कामको आवश्यकता रहेको बताएका छन्। साथै, वर्तमान आर्थिक अवस्थाबारे बोल्दै सरकार अर्थतन्त्रलाई सही दिशा दिन प्रतिबद्ध रहेको बताएका छन्। उनले मन्त्रालयमा कुनै प्रकारको तथ्यांक हेरफेर नगर्ने पनि प्रष्ट पारे, “डेटामा चिटिङ हुँदैन, चाहे त्यो हरियो होस् या रातो।”
अर्थमन्त्री पौडेलले सरकारले आर्थिक सुधार र स्थायित्वका लागि अध्यादेश जारी गरेको र त्यसको उद्देश्य पूरा गर्नका लागि सकारात्मक प्रयास भइरहेको बताए। बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा समन्वयको अभावले समस्याहरू सिर्जना गरेको भन्दै उनले आगामी दिनमा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया