उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमार्फत बजेट निर्माणमा अर्थ मन्त्रालय हाबी हुन खोजेको भन्ने टिप्पणीमा कुनै सत्यता नभएको स्पष्ट पारे। राष्ट्रियसभा बैठकमा बोल्दै उनले बजेट निर्माणको प्रक्रियामा योजना आयोगको अधिकार कटौती नगरिएको पनि बताए।
उनले भने, “बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गर्दा पनि सबै मन्त्रालयहरूका आआफ्नै परिभाषित जिम्मेवारी छन्।” बजेटको सिलिङअनुसार बजेट विनियोजनको गृहकार्य अर्थ मन्त्रालयले होइन, सम्बन्धित मन्त्रालयले गर्नु पर्नेमा उनले जोड दिए।
अर्थमन्त्री पौडेलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालय आफ्ना सीमाभित्रै रहेर काम गर्ने भन्दै विधेयकको उद्देश्य पारस्परिक समन्वयमा आधारित रहेको बताए।














![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया