सेयर बजार सुधारका लागि अर्थमन्त्रीले गरे चार सदस्यीय कार्यदल गठन

सेयर बजार सुधारका लागि अर्थमन्त्रीले गरे चार सदस्यीय कार्यदल गठन

पुँजीबजारमा देखिएका विसङ्गति र समस्या समाधानका लागि अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन्।

शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत बनेको उक्त कार्यदलको संयोजकमा नेपाल धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसी रहेका छन्। सदस्यमा नेपाल राष्ट्र बैंकका बोर्ड सचिव तथा निर्देशक शरण अधिकारी र नेप्सेका कार्यवाहक कार्यकारी निर्देशक निरञ्जन फुयाँल छन् भने, सदस्यसचिवका रूपमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला रहेका छन्।

अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव टंक प्रसाद पाण्डेले कार्यदललाई पाँच दिनभित्र ठोस सुझाव र कार्यान्वयन योजनासहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको जानकारी दिएका छन्।

550403463 1486136469197713 3645162085635344931 n https://bajarkochirfar.com/finance-minister-forms-four-member-task-force-to-reform-stock-market | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स