बैंकिङ प्रणालीमा अधिक तरलता, आज पनि १०० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, आज पनि १०० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत रकम उठाउने भएको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार बोलकबोल आह्वान गर्दै बैंक तथा वित्तीय संस्थाहरूबाट तरलता खिच्ने प्रक्रिया अघि बढाएको हो। अनलाइन बिडिङ सिस्टममार्फत जेठ ८ गते दिउँसो ३:०० बजेसम्म प्रस्ताव पेस गर्न सकिनेछ।

यो उपकरण ६१ दिन अवधिको हुनेछ, जसको सावाँ र ब्याज २०८१ साउन ६ गते भुक्तानी गरिनेछ। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू यसमा सहभागी हुन योग्य छन्।

बोलकबोलका लागि बैंकहरूले ब्याजदर प्रस्ताव गर्नुपर्नेछ भने बहु–ब्याजदरमा पनि सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोडको गुणकमा अधिकतम आह्वान रकमसम्म प्रस्ताव गर्न सकिनेछ।

संकलित रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाउने छैनन् भने वैधानिक तरलता अनुपात (SLR) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। साथै, यो उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न मिल्नेछ।

बोलकबोल स्वीकृत भएपछि पर्याप्त मौज्दात नभएमा सम्बन्धित बैंकलाई कालोसूचीमा राखी भविष्यका बोलकबोलमा प्रतिबन्ध लगाइने चेतावनी पनि राष्ट्र बैंकले दिएको छ।

बजारमा अधिक तरलता बढ्दै गएपछि ब्याजदर अत्यन्तै तल झर्न नदिन केन्द्रीय बैंकले नियमित रूपमा तरलता खिच्दै आएको छ। हालसम्म यस्तो प्रक्रिया मार्फत बैंकिङ प्रणालीबाट १० खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ बराबरको तरलता संकलन भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स