तत्काल देखिने काम नभए पनि १५–२० वर्षका लागि बलियो जग खनिरहेका छौँ: रवि लामिछाने

तत्काल देखिने काम नभए पनि १५–२० वर्षका लागि बलियो जग खनिरहेका छौँ: रवि लामिछाने
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षलाई आधार बनाएर बलियो जग निर्माणको काम गरिरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले सरकारको चार महिनाको अवधिमा तत्काल देखिने काम नभएको जस्तो लागे पनि दीर्घकालीन रूपमा प्रभाव पार्ने काम भइरहेको बताएका हुन्।

उनले संसदमा युवाहरूको उल्लेख्य उपस्थिति र ३५–३६ वर्षकै उमेरमा युवा प्रधानमन्त्री बन्नु नेपालका लागि ठूलो ऐतिहासिक उपलब्धि भएको बताए। रास्वपा ‘विकल्प खोज्ने’ नभई आफैँ ‘विकल्प बन्ने’ र ‘निर्विकल्प शक्ति’ बन्ने उद्देश्यका साथ अघि बढिरहेको उनको भनाइ छ।

लामिछानेले युवा सांसद र मन्त्रीहरूका लागि पदमा रमाउनेभन्दा नतिजा र परिणाममुखी भएर काम गर्ने समय रहेको बताए। युवा नेतृत्वले जिम्मेवारीअनुसार सफलता हासिल गर्न नसके वा जिम्मेवारीबाट पन्छिए भविष्यमा ‘अनुभवहीन युवाहरूबाट राजनीति सम्भव छैन’ भन्ने नकारात्मक भाष्य बन्न सक्ने भन्दै उनले गम्भीर भएर काम गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स