ऊर्जामन्त्री खड्का भन्छन्, “गरिब तथा विपन्न नागरिकका लागी जलविद्युतमा ५ लाख रुपैयाँसम्म सेयरको व्यवस्था गर्दैछौँ”



Advertisement
Ads

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत्को बजार सुनिश्चित भइसकेकाले जलविद्युत् क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागिएको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा बोल्दै मन्त्री खड्काले सन् २०३५ सम्म १३,५०० मेगावाट विद्युत् आन्तरिक खपतका लागि र १५,००० मेगावाट भारत तथा बङ्गलादेशमा बिक्री गर्ने लक्ष्य रहेको बताए।


Advertisement

मन्त्री खड्काले विद्युत् उत्पादनसँगै प्रसारण लाइन विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। उनले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण गर्न सक्ने व्यवस्था मिलाइएको र अब उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जान नदिइने जानकारी दिए।


Advertisement

गरिब तथा विपन्न नागरिकको जीवनस्तर सुधार गर्न सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत २ लाखदेखि ५ लाख रुपैयाँसम्म सेयरको व्यवस्था गर्न लागेको मन्त्री खड्काले बताए। विपन्न नागरिकलाई आर्थिक रूपमा सशक्त बनाउन नसकिएसम्म समृद्ध मुलुक निर्माणको कल्पना अपूरो रहने उनको भनाइ थियो।

मन्त्री खड्काले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधित प्रावधान खारेज गर्दा जलविद्युत् क्षेत्र प्रभावित भएको भन्दै सर्वोच्च अदालतलाई उक्त आदेश पुनर्विचार गर्न आग्रह गरे।

मन्त्री खड्काले सरकारको लक्ष्य पूरा गर्न यस्ता जलविद्युत् आयोजनाले महत्त्वपूर्ण सहयोग पुर्‍याउने भन्दै निर्माण कम्पनीहरूलाई समयमै आयोजना सम्पन्न गर्न आग्रह गरे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर