कुलमान घिसिङलाई ऊर्जामन्त्री खड्काले ‘तपाईंलाई किन नहटाउने’ भन्दै मागे तेस्रोपटक स्पष्टिकरण

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
कुलमान घिसिङलाई ऊर्जामन्त्री खड्काले ‘तपाईंलाई किन नहटाउने’ भन्दै मागे तेस्रोपटक स्पष्टिकरण

ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन्। मन्त्री खड्काले मंगलबार निर्णय गर्दै घिसिङलाई २४ घण्टाभित्र जवाफ पेश गर्न भनेका हुन्।

मन्त्रीले नेपालको द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर जाने कुरा समेत पत्रमा सोधेका छन्। यसका साथै, नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची २० र २३ अनुसार, मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढाउने सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त भएको भन्ने प्रश्न उठाएका छन्।

मन्त्री खड्काले प्राधिकरणका सञ्चालक समितिको अध्यक्षमा आफ्नो नियुक्ति पछि घिसिङको आन्तरिक भ्रमण, काज, बिदा र अन्तर्राष्ट्रिय भ्रमणहरूको संख्या पनि सोधेका छन्। यसअघि, ऊर्जा मन्त्रालयले घिसिङलाई २२ र २८ पुसमा स्पष्टिकरण सोधेको थियो, तर जवाफ चित्तबुझ्दो नआएपछि तेस्रोपटक २४ घण्टे स्पष्टीकरण मागिएको हो।

यसअघि, सरकारले मन्त्री खड्काले घिसिङलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेका थिए, तर सोमबारको बैठकले उनलाई हटाउने निर्णय नगरेपछि २४ घण्टे जवाफ माग्ने निर्णय गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स