लाइसेन्स बनाउने क्रममा घुस लिँदै गर्दा कर्मचारी पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३२ गते
लाइसेन्स बनाउने क्रममा घुस लिँदै गर्दा कर्मचारी पक्राउ
AdvertisementAds

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउन आएका सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कास्कीस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेललाई रंगेहात पक्राउ गरेको छ।

सेवाग्राहीको अनलाइन फारम भरेर लिखित परीक्षा पास गराइ ट्रायलमा समेत उर्तिण गराइदिने भन्दै पौडेलले ७ हजार रुपैयाँ घुस मागेको सूचना आधारमा अख्तियारको पोखरास्थित टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो।

पौडेललाई घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स