आईपीओ निष्काशन प्रस्ताव पारित गर्न एलिभेसन इनर्जी म्यानेजमेन्टले बोलायो विशेष साधारण सभा
एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रस्ताव गर्दै विशेष साधारण सभा आह्वान गरेको छ। सभा आगामी जेठ २ गते, बिहान ८ बजे त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा आयोजना गरिनेछ।
सभामा आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव पारित गरिनुका साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पेश गरिनेछ।