SHAREHUB SHAREHUB

निर्वाचन अपडेट : झापामा खस्यो ६४.२४ प्रतिशत मत, आज रातिदेखि मतगणना सुरु हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
Advertisement Ads
निर्वाचन अपडेट  : झापामा खस्यो ६४.२४ प्रतिशत मत, आज रातिदेखि मतगणना सुरु हुँदै
Advertisement Ads

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापामा ६४ दशमलव २४ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगका अनुसार जिल्लामा रहेका कुल ७ लाख १३ हजार ५३७ मतदातामध्ये ४ लाख ५८ हजार ३६१ जनाले मतदान गरेका छन्।

क्षेत्रगत रूपमा मतदानको विवरण यस्तो छः

झापा–१ : १ लाख ३१ हजार ६७ मतदाता मध्ये ८३ हजार ८२२ मत (६३.९५%)

झापा–२ : १ लाख ४७ हजार ५२२ मतदाता मध्ये ९६ हजार २५३ मत (६५.२५%)

Advertisement Ads

झापा–३ : १ लाख ४० हजार ८५७ मतदाता मध्ये ८८ हजार ४४९ मत (६२.७९%)

झापा–४ : १ लाख ३० हजार ७१२ मतदाता मध्ये ८३ हजार ४६६ मत (६४.८५%)

झापा–५ : १ लाख ६३ हजार ३७९ मतदाता मध्ये १ लाख ६ हजार ३७२ मत (६५.११%)

हाल विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको छ।

निर्वाचन अधिकारी तुलसी नेपालका अनुसार मतपेटिका सङ्कलनपछि राजनीतिक दलका प्रतिनिधिसहित सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिनेछ। प्रारम्भिक तयारीअनुसार आज राति १२ बजेदेखि मतगणना सुरु गर्ने योजना रहेको उनले जानकारी दिइन्।

झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रहेका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।

642183275 1476883624078744 2165362101182879837 n https://bajarkochirfar.com/election-update-64-24-percent-voter-turnout-in-jhapa-vote-counting-begins-tonight | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स