काठमाडौंको गौशालामा आज एकैपटक आठवटा सवारी ठोक्किए

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ७ गते
काठमाडौंको गौशालामा आज एकैपटक आठवटा सवारी ठोक्किए

काठमाडौंको गौशालामा आज बिहान एक सार्वजनिक बस दुर्घटना भएको छ। गौशालास्थित पिंगलास्थान नजिक बुधबार बिहान १०:५५ बजे तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा उक्त बससहित आठवटा सवारीसाधनमा क्षति पुगेको छ। क्षति भएका अन्य सवारीहरूमा बा ५ ख ७३१ नम्बरको हायस, बा प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बीएसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटरसाइकल र बा प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटर रहेका छन्।

दुर्घटनामा परी तीन जना घाइते भएका छन्। घाइतेमध्ये धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई हाल टोखा बसोबास गर्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका–२ घर भई हाल टोखा बस्ने २२ वर्षीय विकास कट्टेल, र खोटाङ हलेसी घर भई हाल कोटेश्वर बसोबास गर्ने ३७ वर्षीय शैलेन्द्र राई रहेका छन्।

तीनै घाइतेलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा पठाइएको छ। दुर्घटनापछि बस चालक फरार रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स