दुर्गा प्रसाईं र अंगरक्षक दीपक खड्का पक्राउ, काठमाडौं ल्याइँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २९ गते
दुर्गा प्रसाईं र अंगरक्षक दीपक खड्का पक्राउ, काठमाडौं ल्याइँदै
File Photo

तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्का झापाको भद्रपुरबाट पक्राउ परेका छन्। नेपाल प्रहरीले शुक्रबार एक विज्ञप्तिमार्फत उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो। राज्यविरुद्ध र संगठित अपराधको अभियोगमा फरार रहेका प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको थियो।

चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका कमाण्डर रहेका प्रसाईंको नेतृत्वमा भएको झडपमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। सोही प्रदर्शनको क्रममा एक निजी घरमा आगजनी हुँदा पत्रकार सुरेश रजकको ज्यान गएको थियो। प्रहरीका अनुसार दुवैलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स