instainsta

सवारी लाइसेन्स नवीकरण अवधि थप ५ वर्ष बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १७ गते
सवारी लाइसेन्स नवीकरण अवधि थप ५ वर्ष बढ्यो
AdvertisementAds

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण अवधि अब दोब्बर भएर १० वर्ष हुने भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकले लाइसेन्स अवधि बढाउने व्यवस्था समेटिएको “केही नेपाल ऐन संशोधन विधेयक” पारित गरेको हो।

हालको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लाइसेन्सको नवीकरण अवधि ५ वर्ष थियो। अब ऐन संशोधनसँगै यो अवधि १० वर्षमा विस्तार हुनेछ। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा प्रस्तुत गरिनेछ। राष्ट्रिय सभाबाट पारित भइसकेपछि पुनः प्रतिनिधि सभामा फिर्ता आउनेछ र अन्ततः राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो कानुन लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स