डर नमानी, खुट्टा नकमाई जलविद्युत क्षेत्रमा लगानी गर्नुस् बाँकी समस्या सरकारले समाधान गर्छ: मन्त्री खड्का

डर नमानी, खुट्टा नकमाई जलविद्युत क्षेत्रमा लगानी गर्नुस् बाँकी समस्या सरकारले समाधान गर्छ: मन्त्री खड्का
AdvertisementAds

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री खड्काले जलविद्युत उत्पादनमा देखिएका समस्या समाधान गर्दै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रममा उनले जलविद्युत क्षेत्रमा रहेका अवरोध हटाउँदै सरकार र निजी क्षेत्रको सहकार्यले मात्र समृद्धि सम्भव हुने बताए। “डर नमानी, खुट्टा नकमाई जलविद्युत क्षेत्रमा लगानी गर्नुस्। सरकारले देखिएका सबै समस्या समाधान गर्न तयार छ,” मन्त्री खड्काले भने।

सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले पीपीए (Power Purchase Agreement) प्रक्रियामा कुनै अवरोध नहुने स्पष्ट पारे। मन्त्री खड्काले जलविद्युत क्षेत्रमा देखिएका समस्याको समाधानका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको पनि जनाए।

“समृद्धि, सुशासन र रोजगारी सिर्जना सरकार र निजी क्षेत्रको साझा लक्ष्य हो। यसका लागि ऐन संशोधन गर्न, अध्यादेश ल्याउन र आवश्यक परे विवादलाई पन्छाएर अघि बढ्न हामी प्रतिबद्ध छौं,” उनले थपे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स