Advertisement
Ads

टेस्लाको सेयरमा भारी गिरावट आएपछि डोनाल्ड ट्रम्पले टेस्ला कार किन्ने



Advertisement
Ads

टेस्लाको सेयर १५ प्रतिशतभन्दा बढीले घटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई समर्थन गर्दै नयाँ टेस्ला किन्ने घोषणा गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै टेस्लामाथि “र्‍याडिकल लेफ्ट लुनाटिक्स” (अति वामपन्थीहरू) ले अवैध रूपमा बहिष्कार गरिरहेको आरोप लगाए। उनका अनुसार, वामपन्थी समूहहरू मस्कलाई कमजोर बनाउने नियतले टेस्ला बहिष्कार गरिरहेका छन्।

तर, वित्तीय विश्लेषकहरूका अनुसार टेस्लाको सेयर मूल्यमा आएको भारी गिरावटको मुख्य कारण उत्पादन लक्ष्य पूरा गर्न कठिनाइ तथा बिक्रीमा आएको गिरावट हो। साथै, ट्रम्प प्रशासनका व्यापार नीतिहरूले लगानीकर्ताहरूमा अनिश्चितता बढाएको बताइएको छ।


Advertisement

सोमबार अमेरिकी तथा एसियाली सेयर बजारमा तीव्र गिरावट देखिएको थियो, जसका कारण लगानीकर्ताहरू ट्रम्पका व्यापार नीतिहरूका कारण अमेरिकी अर्थतन्त्र मन्दीको दिशामा गइरहेको चिन्तामा परेका छन्। यसले टेक कम्पनीहरूको सेयर मूल्यमा पनि ठूलो गिरावट ल्याएको छ। टेस्लाको सेयर १५.४ प्रतिशतले घट्दा एनभिडिया, मेटा, अमेजन र गुगल अभिभावक कम्पनी अल्फाबेट लगाएतको सेयरहरू पनि भारी रूपमा ओरालो लागेका छन्।

मंगलबार, ट्रम्पले पुनः सामाजिक सञ्जालमार्फत रिपब्लिकनहरू, कन्जरभेटिभहरू तथा अमेरिकीहरू लाई टेस्ला किन्न आग्रह गरे। उनले एलन मस्कको प्रशंसा गर्दै मस्कलाई असाधारण अमेरिकी बताएका छन्। उनका अनुसार, मस्क टेस्लालाई अगाडि बढाउन अथक मेहनत गरिरहेका छन्, तर “र्‍याडिकल लेफ्ट लुनाटिक्स” हरूले उनलाई आक्रमण गर्न खोजिरहेका छन्।

तर, ट्रम्पका नीतिहरू भने विद्युतिय सवारी प्रवर्द्धनभन्दा रोक्ने दिशामा देखिन्छन्। उनले पूर्व राष्ट्रपति जो बाइडेनद्वारा २०३० सम्म कुल गाडी बिक्रीको ५० प्रतिशत विद्युतिय बनाउन जारी गरिएको आदेश खारेज गरेका छन्। साथै, चार्जिङ स्टेसनहरूका लागि बाँकी रहेको सरकारी कोष पनि रोक्का गरेका छन्।

टेस्ला सेयरमा आएको गिरावटलाई लिएर ट्रम्पले मस्कको समर्थनमा उनले भोलि बिहान नयाँ टेस्ला किन्ने बताएका छन्। ट्रम्पले यसअघि विद्युतिय गाडीहरूले अमेरिकी अटो उद्योगलाई “पूर्ण रूपमा ध्वस्त पार्ने” बताएका थिए। अब उनले टेस्ला किन्ने घोषणा गरेपछि यसको राजनीतिक र आर्थिक प्रभावबारे बहस सुरु भएको छ।
(बीबीसी र फाईनान्सियल टायम्सबाट अनुदित)

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर