समता घरेलु लघुवित्तको लाभांश घोषणा
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ५.२६% लाभांश वितरण गर्ने घोषणा गरेको छ।
पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले ५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३१५७९०% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत र संस्थाको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनिहरुमा वितरण हुनेछ। गत वर्ष, लघुवित्तले ५.७१% लाभांश वितरण गरेको थियो।