आफूविरुद्ध जारी पक्राउ पुर्जी रोक्न उच्च अदालत पुगे दिलभूषण पाठक



Advertisement
Ads

पत्रकार दिलभूषण पाठकले आफूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट जारी भएको पक्राउ पुर्जी रोक्न सोमबार उच्च अदालत पाटनमा निषेधाज्ञा माग गर्दै निवेदन दिएका छन्।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले ‘हिल्टन होटल खरिद’ सम्बन्धी समाचारलाई लिएर साइबर अपराधमा उजुरी दिएपछि पक्राउ आदेश जारी भएको हो। पाठकले उक्त सामग्री कपोकल्पित र चरित्र हत्या गर्ने नियतसहित बनाइएको भनी अस्वीकार गरेका छन्।


Advertisement

प्रेस जगतले पाठकमाथिको पुर्जी तत्काल स्थगन गरी स्वतन्त्र पत्रकारिताको वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर