नेपाल बीमा प्राधिकरणको डाइरेक्टर पूजन ढुङ्गेल अधिकारीलाई प्राधिकरणको प्रवक्ताको रूपमा तोकिएको छ। प्राधिकरणको फागुन ५ गते बसेको समितिको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
प्राधिकरणका निर्देशक कुन्दन सापकोटाका अनुसार, सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ अनुसार निर्देशक ढुङ्गेल अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
प्राधिकरणको प्रवक्ताको रूपमा उनले अब प्राधिकरणका आधिकारिक धारणा सार्वजनिक गर्ने, सूचना प्रवाह गर्ने, र सञ्चार माध्यमसँग समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछिन्।
















प्रतिकृया