कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २९ गते
कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्ने
AdvertisementAds

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने भेला तीन दिनसम्म चल्नेछ।

भेलाको उद्घाटन बिहान साढे ११ बजे कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ। हङकङबाट फर्किएका देउवाले नै उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन्।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजना भइरहेको भेलाको पहिलो दिन उद्घाटन समारोह हुनेछ भने दोस्रो र तेस्रो दिन बन्दसत्र सञ्चालन गरिनेछ। भेलामा ५ हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।

भेलामा राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत गरिनेछ। संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ।

यसैबीच, सर्वोच्च अदालतले कांग्रेसको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकन गर्न अनुमति दिएपछि इतर समूह थप उत्साहित बनेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स