दीप्ति आचार्य आईसीएको राजदूतमा नियुक्त

दीप्ति आचार्य आईसीएको राजदूतमा नियुक्त

विश्वव्यापी संस्था इन्टरनेसनल करिकुलम एसोसिएसन (आईसीए) ले संस्कृति इन्टरनेसनल स्कुलकी संस्थापक निर्देशक दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आफ्नो राजदूत नियुक्त गरेको छ।

आईसीए ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयसँग सहकार्य गर्दै आएको छ र आचार्यलाई नेपाल र एसिया–प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएको हो।

राजदूतका रूपमा आचार्यले नेपाल र छिमेकी देशहरूमा अन्तर्राष्ट्रिय पाठ्यक्रममार्फत सिकाइ सुधार गर्न र शिक्षकहरूको सञ्जाल विस्तार गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेछिन्।

आईसीएको निर्देशक सारा ब्ल्याकमोरले आचार्यको गुणस्तरीय शिक्षाप्रति प्रतिबद्धता र अनुभवले क्षेत्रभरका विद्यालय समुदायलाई मार्गदर्शन र प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन्।

आचार्यको नेतृत्वमा संस्कृति इन्टरनेसनल स्कुल दक्षिण एसियामा ‘इन्टरनेसनल प्राइमरी करिकुलम (IPC)’ मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बनेको थियो।

विगत दुई दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय आचार्यले अमेरिकाबाट मन्टेस्वरी शिक्षामा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। उनी अन्तर्राष्ट्रिय प्रशिक्षकका साथै टोस्टमास्टर्स इन्टरनेसनलकी विशिष्ट नेतृत्वकर्ता र जोण्टा क्लब अफ काठमाडौं मार्फत महिला तथा बालबालिकाको अधिकारको पक्षमा सक्रिय सामाजिक अभियन्ता पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Niraj Nepal
Niraj Nepal
4 months ago

Fantastic

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स