दक्षिण कोरियामा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ। स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो।
दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजका अनुसार, उद्धार कार्यमा खटिएका अधिकारीहरूको भनाइमा ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई जनालाई जीवित उद्धार गरिएको छ।
विमानस्थलको धावनमार्गमा जहाज चिप्लिएर पर्खालमा ठोक्किएको थियो, जसपछि जहाजमा आगो लागेको थियो। केही समयमै विमानस्थल धुवाँले ढाकिएको योनहाप न्युजले जनाएको छ। दुर्घटनामा जहाज पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र उद्धार कार्य जारी रहेको कारण मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
विमानस्थलका अधिकारीहरूले जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताएका छन्। जहाजमा १७५ यात्रु र ६ चालक दलका सदस्य सवार थिए।













![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया