दरमखोला हाइड्रो इनर्जीको आईपीओ भोलि बाँडफाँड हुदैँ, कति जना भाग्यमानीले आईपीओ हात पार्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २८ गते
दरमखोला हाइड्रो इनर्जीको आईपीओ भोलि बाँडफाँड हुदैँ, कति जना भाग्यमानीले आईपीओ हात पार्ने ?

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँडको मिति तय भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार भोलि साउन २९ गते बिहीबार आईपीओ बाँडफाँड हुनेछ। यस आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १० कित्ता सेयर पाउनेछन् जसमा पाँच जनाले थप एक कित्ता गरी ११ कित्ता सेयर हात पार्नेछन्।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २३ लाख ७२ हजार ९२६ जनाले आवेदन दिएका छन्। कुल आवेदन रकम २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ता सेयरका लागि भएको छ। यो माग साढे ११ गुणा बढी रहेको छ। आवेदन दिने मध्ये करिब २१ लाख ३० हजार जनाले हात खाली हुने अनुमान छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो। पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ वितरण भइसकेको छ। बाँकी सेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई सुरक्षित गरी २४ लाख २३ हजार १८५ कित्ता सेयर आम सर्वसाधारणलाई उपलब्ध गराइनेछ।

आईपीओको रेटिङ्गमा कम्पनीलाई औसत जोखिम संकेत गर्ने ‘आईआरएन डबल बी माइनस’ रेटिङ्ग दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स