नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन्। प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार माघ २२ मा स्वीकृति मिलेको नियुक्ति पत्र माघ २३ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट जारी गरिएको हो।

नवनियुक्त डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ (बीई) अध्ययन पूरा गरेकी छन्। उनी २०५१ जेठ १ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति भई सेवामा प्रवेश गरेकी थिइन् र २०५२ जेठ ९ मा स्थायी नियुक्ति पाएकी थिइन्।

पदभार ग्रहण गर्दै डंगोलले आफूमा देखाएको विश्वास र सद्भावका लागि सरकारप्रति धन्यवाद व्यक्त गरिन्। उनले कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राख्दै ग्राहकको चाहना र सरकारको प्राथमिकता अनुरूप काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन्।

डंगोलले कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमताको सन्तुलन कायम राख्ने लक्ष्य सुनाइन्। साथै, उनले कर्मचारीहरुलाई आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यका साथ काम अघि बढाउन आह्वान गरेकी छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स