क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नम्बर ५०) ले लगानीकर्ताका लागि मार्जिन ट्रेडिङ सुविधा सुरु गरेको छ। कम्पनीले सोमबार २०८३ साउन २५ गते प्रेस विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्ड (SEBON) र नेपाल स्टक एक्सचेन्ज (NEPSE) को नियमअनुसार मार्जिन कारोबार सेवा सुरु गरिएको जनाएको हो।
मार्जिन ट्रेडिङमार्फत योग्य लगानीकर्ताले आफ्नो रकमको निश्चित हिस्सा जम्मा गरेर बाँकी रकम ब्रोकर कम्पनीबाट ऋण लिएर योग्य सूचीकृत कम्पनीको शेयर खरिद गर्न सक्नेछन्।
३०% आफ्नै रकम, ७०% मार्जिन ऋण
क्रिष्टल कञ्चनजंघाले ३० प्रतिशत प्रारम्भिक मार्जिन र ७० प्रतिशत मार्जिन ऋणमा आधारित सुविधा ल्याएको हो। यसअन्तर्गत लगानीकर्ताले रु. १० लाखदेखि अधिकतम रु. २ करोडसम्मको कारोबार सीमामा मार्जिन सुविधा लिन सक्नेछन्।
रु. १० लाखको कारोबार सीमा लिँदा लगानीकर्ताले रु. ३ लाख आफ्नै रकम राख्नुपर्नेछ भने रु. ७ लाख मार्जिन ऋण प्राप्त हुनेछ।
त्यस्तै, रु. २० लाखको कारोबार सीमामा रु. ६ लाख आफ्नै रकम र रु. १४ लाख ऋण, रु. ३० लाखको सीमामा रु. ९ लाख आफ्नै रकम र रु. २१ लाख ऋण तथा रु. ४० लाखको सीमामा रु. १२ लाख आफ्नै रकम र रु. २८ लाख ऋण लिन सकिनेछ।
रु. ५० लाखको कारोबार सीमामा रु. १५ लाख आफ्नै रकम र रु. ३५ लाख मार्जिन ऋण उपलब्ध हुनेछ। त्यस्तै, रु. १ करोडको कारोबार सीमामा रु. ३० लाख आफ्नै रकम राखेर रु. ७० लाखसम्म ऋण लिन सकिनेछ।
सबैभन्दा ठूलो रु. २ करोडको कारोबार सीमामा रु. ६० लाख आफ्नै रकम र रु. १ करोड ४० लाखसम्म मार्जिन ऋण प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
३० दिनदेखि १८० दिनसम्मको सुविधा
क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजले कारोबार रकमको ७० प्रतिशतसम्म मार्जिन ऋण उपलब्ध गराउने जनाएको छ। कम्पनीले रु. १० लाखदेखि रु. २ करोडसम्मका विभिन्न कारोबार सीमा निर्धारण गरेको छ। सोअनुसार शुल्क विवरण यस्तो छः
रु. १० लाख कारोबार सीमा: यसमा रु. ७ लाख मार्जिन ऋण प्राप्त हुनेछ। ३० दिनका लागि रु. ५,६००, ६० दिनका लागि रु. ११,०८८, ९० दिनका लागि रु. १६,४६४, १२० दिनका लागि रु. २१,७२८, १५० दिनका लागि रु. २६,८८० र १८० दिनका लागि रु. ३१,९२० शुल्क लाग्नेछ।
रु. २० लाख कारोबार सीमा: यसमा रु. १४ लाख मार्जिन ऋण उपलब्ध हुनेछ। ३० दिनका लागि रु. ११,२००, ६० दिनका लागि रु. २२,१७६, ९० दिनका लागि रु. ३२,९२८, १२० दिनका लागि रु. ४३,४५६, १५० दिनका लागि रु. ५३,७६० र १८० दिनका लागि रु. ६३,८४० शुल्क तोकिएको छ।
रु. ३० लाख कारोबार सीमा: यसअन्तर्गत रु. २१ लाख मार्जिन ऋण पाइनेछ। यसको शुल्क ३० दिनका लागि रु. १६,८००, ६० दिनका लागि रु. ३३,२६४, ९० दिनका लागि रु. ४९,३९२, १२० दिनका लागि रु. ६५,१८४, १५० दिनका लागि रु. ८०,६४० र १८० दिनका लागि रु. ९५,७६० हुनेछ।
रु. ४० लाख कारोबार सीमा: यसमा रु. २८ लाख मार्जिन ऋण प्राप्त हुनेछ। ३० दिनका लागि रु. २२,४००, ६० दिनका लागि रु. ४४,३५२, ९० दिनका लागि रु. ६५,८५६, १२० दिनका लागि रु. ८६,९१२, १५० दिनका लागि रु. १,०७,५२० र १८० दिनका लागि रु. १,२७,६८० शुल्क लाग्नेछ।
रु. ५० लाख कारोबार सीमा: यसअन्तर्गत रु. ३५ लाख मार्जिन ऋण उपलब्ध हुनेछ। यसको शुल्क ३० दिनका लागि रु. २८,०००, ६० दिनका लागि रु. ५५,४४०, ९० दिनका लागि रु. ८२,३२०, १२० दिनका लागि रु. १,०८,६४०, १५० दिनका लागि रु. १,३४,४०० र १८० दिनका लागि रु. १,५९,६०० तोकिएको छ।
रु. १ करोड कारोबार सीमा: यस सीमामा रु. ७० लाख मार्जिन ऋण पाइनेछ। ३० दिनका लागि रु. ५६,०००, ६० दिनका लागि रु. १,१०,८८०, ९० दिनका लागि रु. १,६४,६४०, १२० दिनका लागि रु. २,१७,२८०, १५० दिनका लागि रु. २,६८,८०० र १८० दिनका लागि रु. ३,१९,२०० शुल्क लाग्नेछ।
रु. २ करोड कारोबार सीमा: यो कम्पनीले तोकेको अधिकतम कारोबार सीमा हो। यसअन्तर्गत रु. १ करोड ४० लाख मार्जिन ऋण प्राप्त गर्न सकिनेछ। यसको शुल्क ३० दिनका लागि रु. १,१२,०००, ६० दिनका लागि रु. २,२१,७६०, ९० दिनका लागि रु. ३,२९,२८०, १२० दिनका लागि रु. ४,३४,५६०, १५० दिनका लागि रु. ५,३७,६०० र १८० दिनका लागि रु. ६,३८,४०० तोकिएको छ।
कम्पनीका अनुसार पहिलो ३० दिनपछि प्रत्येक थप ३० दिनका लागि १ प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ।
आवेदन प्रक्रिया र कम्पनीको प्रतिबद्धता
यो सुविधा लिन इच्छुक लगानीकर्ताहरूलाई आवश्यक कागजातसहित क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि. को कार्यालयमा उपस्थित भई आवेदन दिन र सम्झौता गर्न कम्पनीले अनुरोध गरेको छ।
प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्दै कम्पनीका प्रबन्ध संचालक हरि बहादुर खड्काले ग्राहक तथा लगानीकर्तालाई यस सुविधाको भरपुर उपयोग गरी लाभ लिन अनुरोध गरेका छन्। साथै, कम्पनीले आफ्ना ग्राहक तथा लगानीकर्तालाई पारदर्शी, भरपर्दो, प्रविधिमैत्री तथा गुणस्तरीय पूँजीबजारका सेवाहरू प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको कुरा पुनः दोहोर्याएको छ।
सम्पर्क विवरण:
ठेगाना: क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रा.लि., न्यूप्लाजा, का.म.न.पा.-२९, काठमाडौं।
फोन: +977-1-4011176, 4521607, 5909198, 5909199।
इमेल: [email protected], [email protected]।
वेबसाइट: www.crystalsecurities.com।
प्रतिकृया