क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेको छ। बिहीबार बिहान ९ बजे कारोबार भइरहँदा बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४.६७ प्रतिशतले वृद्धि हो। पछिल्लो एक महिनामा मात्रै बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशतले बढेको छ।
डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित भएदेखि नै बिटक्वाइनको मूल्यमा उच्च दरको वृद्धि देखिएको थियो। अहिले फेरि ट्रम्पले सेक्युरिटिज एण्ड एक्स्चेन्ज आयोगको अध्यक्षको जिम्मा पल एटकिन्सलाई दिने घोषणा गरेसँगै क्रिप्टो बजार थप उत्साहित भएको छ।
सीएनबीसीका अनुसार ग्यारी गेन्सलरको नेतृत्वमा आयोगले क्रिप्टोको विकासमा ध्यान नदिएको आरोप लाग्दै आएको छ। ट्रम्पले अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने बाचा गरेकाले यो परिवर्तनले क्रिप्टो बजारलाई थप टेवा दिने अनुमान गरिएको छ।
बिटक्वाइनका साथै अन्य क्रिप्टोकरेन्सीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। इथेरियमको मूल्य ३ हजार ८९८ अमेरिकी डलर पुगेको छ, जुन एक महिनामा मात्रै ६० प्रतिशतले बढेको हो।
(एजेन्सी)














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)




प्रतिकृया