क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गते देखि आईपीओ जारी गर्ने
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ल्याइएको हो। कम्पनीले आफ्नो जारी पूँजी (७५ करोड रुपैयाँ) को ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्दैछ।
यस मध्ये २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ १५ देखि माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्बा सदस्य बैंक र वित्तीय संस्थाका शाखाहरू तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन सफ्टवेयर प्रयोग गर्न सकिनेछ।