SHAREHUBSHAREHUB

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध साढे २ करोडकाे भ्रष्टाचार मुद्दा दायर

AdvertisementAds
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध साढे २ करोडकाे भ्रष्टाचार मुद्दा दायर
AdvertisementAds

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगले मुनकर्मीविरुद्ध २ करोड ५० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। जारी विज्ञप्तिमा भनिएको छ कि, स्रोत पुष्टि नभएको रकम आर्जन गरेको, पेश गरेको सम्पत्ति विवरणसँग मेल नखाने, र वैधानिक आयको तुलनामा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको तथ्य प्रमाणित भएको छ।

साथै, मुनकर्मीले आफ्नो सार्वजनिक सेवाको पदको दुरुपयोग गर्दै गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती पूर्ण केशरी गोसाईको नाममा सम्पत्ति खरिद गरेको पनि देखिएको छ। अख्तियारले यसका लागि उक्त कसुरमा कानूनी कारबाही गरी सजाय माग गरेको जनाएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स