करिब १९ करोड बिगो मागदाबीसहित माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २२ गते
करिब १९ करोड बिगो मागदाबीसहित माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलीको हदबन्दी छुटको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विशेष अदालतमा दायर मुद्दामा अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ। यो प्रकरण २०६६ सालमा प्रधानमन्त्री भएको बेला मन्त्रिपरिषदबाट हदबन्दी छुटमा रहेको जग्गा पतञ्जलीलाई दिने निर्णयसँग सम्बन्धित छ। पछि सो जग्गा कानुनविपरीत बिक्री भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो।

आयोगले नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ, जसमा पूर्वमन्त्री प्रेमबहादुर सिंह र तत्कालीन सचिव छविराज पन्त पनि छन्। मुद्दा दायर भएसँगै सांसद माधवकुमार नेपालको पद निलम्बनमा परेको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स