करिब १९ करोड बिगो मागदाबीसहित माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर



Advertisement
Ads

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलीको हदबन्दी छुटको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विशेष अदालतमा दायर मुद्दामा अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ। यो प्रकरण २०६६ सालमा प्रधानमन्त्री भएको बेला मन्त्रिपरिषदबाट हदबन्दी छुटमा रहेको जग्गा पतञ्जलीलाई दिने निर्णयसँग सम्बन्धित छ। पछि सो जग्गा कानुनविपरीत बिक्री भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो।


Advertisement

आयोगले नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ, जसमा पूर्वमन्त्री प्रेमबहादुर सिंह र तत्कालीन सचिव छविराज पन्त पनि छन्। मुद्दा दायर भएसँगै सांसद माधवकुमार नेपालको पद निलम्बनमा परेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर